पेट्रोलियम पदार्थको मूल्यवृद्धि



काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ रुपैयाँ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँच रुपैयाँले वृद्धि गरी ७२ कायम गरिएको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ । अर्धमासिक रुपमा करिब एक अर्ब ३२ करोड घाटा नै रहने र सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ ।

मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जाडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल लिटरमा ३५ रुपैयाँ ९३ पैसा र डिजल प्रति लिटर ४२ रुपैयाँ ७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।

निगमले यसअघि यही फागुन ४ गतेपनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो । इण्डियन आयल कर्पोरेशनले सोमबार पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको जनाएको छ । मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा एक अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमिसम्बन्धी अध्यादेश जारी भएपछि बालेनले भने-बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश

अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी

बाढी, अग्नि पीडितका लागि जर्मनीको एक करोड ४१ लाख सहयोग

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीले सर्लाही, रौतहट र काभ्रेपलाञ्चोकमा केही महिनाअघिको बाढी तथा

साइकल चलाउन थालेपछि फेरियो जीवन

रुपनी जिएम, जानकी (बाँके), २ माघ । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)