नेपाललाई थप तीन लाख डोज खोप दिने चीनको घोषणा



काठमाडौं । चीनले नेपाललाई अनुदानमा कोभिडविरुद्धको आठ लाख डोज खोप दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी हुन् ।

चीनले सुरुमा ३ लाख डोज दिने घोषणा गरेको थियो भने पछि बढाएर ५ लाख पुर्याएको थियो । त्यसपछि पनि चीनले थप ३ लाख डोज खोप थप गरेको घोषणा गरेको छ ।चिनियाँ राजदूतावासले उक्त भ्याक्सिन नेपाललाई छिटोभन्दा छिटो ल्याउनको लागि पहल गर्ने जनाएको छ।

नेपाललाई सबैभन्दा पहिले भारतले उसको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्ड भ्याक्सिन विकास गरेको १० लाख डोज भ्याक्सिन सहयोग गरेको थियो ।

नेपालले अनुदान बाहेक आफैंले पनि भ्याक्सिन खरिद गरेर ल्याइसकेको छ । नेपालले भारतबाट २० लाख डोज भ्याक्सिन खरिद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान

काभ्रे।  नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ ।

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

अबुधाबीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै

अबुधाबी।  सरकारले श्रम सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको

लस एन्जलसमा नेपाली पर्यटन प्रवर्द्धन

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।