अब केही दिनभित्र नयाँ सरकार र ओलीको बहिर्गमनः प्रचण्ड



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै निर्वाचन आयोगले नेकपाबारे निर्णय गर्ने बताएका छन् ।

सोमबार आफू निकट पेशागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले केही दिनभित्रै निर्णय गर्ने र त्यो आफ्नो पक्षमा आउने दाबी गरेका हुन् ।

सर्वोच्चको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको भन्दै प्रचण्डले ओली पतन नहुँदासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको बताए ।उनले भने, ‘कोही भ्रममा पर्नु पर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ ।’

उनले विचार र राजनीतिका कार्यक्रमका आधारमा नै गठबन्धन हुदै एकता गरिएपनि ओलीले पार्टी निर्णय नमानेर समस्या सिर्जना भएको दाबी गरे । उनले सत्ताप्राप्ति र कुर्सी प्राप्तिका लागि ओली जे पनि सम्झौता गर्दिने तर सत्ता प्राप्तिपछि सवै कुरा छोड्ने प्रवृतिको मान्छे भएको बताए । उनले छिटै नयाँ सरकार बन्ने र सरकारले लोकतान्त्रिक व्यवस्था अनुसारको सुशासन दिने कुरामा आफू ढुक्क रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदखि वस्तु उत्पादकसम्मलाई अवसर नै अवसर छन्ः अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा

एमालेले अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई तीन महिनाभित्र यथोचित जिम्मेवारी दिने

काठमाडौं । नेकपा एमालेले सबै तहका अधिवेशनहरू आगामी मंसिरसम्म सक्ने गरी वार्षिक कार्ययोजना

‘हिंसा’ शब्द सच्चिएर नआउँदासम्म संसद अवरोधलाई निरन्तरता दिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद अवरोधलाई जारी राख्ने भएको छ । शुक्रबार

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

बैतडी । वर्षा र चट्याङका कारण गत बुधबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ