थप ७३ मा कोरोना पुष्टि ,तीन जनाको मृत्यु



काठमाडौं । नेपालमा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७३ जनामा कोरोना पुष्टि भएको हो। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार २१६ पुगेको छ।

यस्तै, पछिल्लो २४ घन्टामा ६४ जना निको भएर फर्किएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ४७१ पुगेको छ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ७ सय ७७ पुगेको छ।

हाल नेपालमा नौ सय ६८ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर