कांग्रेस नेता जोशीको स्वास्थ्यमा केही सुधार



काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको नर्भिक अस्पतालले जनाएको छ । उपचारमा संलग्न डा. राजीव झाका अनुसार जोशीको स्वास्थ्यमा साबिकभन्दा केही सुधार देखिएको हो ।

बिहान बेहोस् पार्ने औषधी हटाएर हेर्दा जोशीले दाहिने हात र खुट्टा चलाएको झाले बताए । जोशीलाई शनिबार बिहानसम्म लगातार बेहोस् पार्ने औषधी राखेर उपचार जारी राखिएको थियो । बिहान डेढ घन्टाजति बेहोस् पार्ने औषधी नलगाई हेर्दा उनले हात र खुट्टा चलाएको झाले बताए । जोशी शुक्रबार बिहान मस्तिष्कघात भई नर्भिकमा भर्ना भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको २९ औँ वार्षिक साधारणसभाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट

दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत असोज

जापानको रोजगारीमा नेपाली श्रमिक पठाउने कार्य छिट्टै अघि बढ्ने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले चाँडै नै औपचारिक

उदयपुरमा आमा छोराको हत्याका अभियुक्त सार्वजनिक

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको