गृह मन्त्रालयद्वारा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा
काठमाडौ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो । जसमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी छन् ।