पहिलो चरणमा चार लाख २९ हजारले लगाए कोभिडविरुद्धको खोप



काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिए । सरकारले भारत सरकारबाट अनुदानमा प्राप्त गरेको ‘कोभिशिल्ड’ खोप १० लाख मात्रा पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएको थियो । मन्त्रालयले पहिलो प्राथमिकता परेका व्यक्तिलाई माघ १४ देखि २४ गतेसम्म पहिलो चरण र फागुन २ देखि १० गतेसम्म दोस्रो चरणको खोप लगाएको थियो ।

उनले पहिलो चरणमा एक लाख ८९ हजार ३४५ जनालाई खोप र दोस्रो चरणमा दुई लाख ४० हजार ३६० जनालाई खोप प्रदान गरिएको बताए । उनका अनुसार पहिलो अभियानको खोप ८५.६५ प्रतिशत उपलब्धि हासिल गरिएको छ । मन्त्रालयले पहिलो अभियानमा पाँच लाख सात हजार ६०६ जनालाई खोप लगाउने योजना बनाएको थियो ।

उनले नेपालको कूल जनसङ्ख्याको १.४ प्रतिशतलाई खोप प्रदान गरिएको बताए । पहिलो चरणमा १८९ खोप केन्द्र र दोस्रो चरणमा २२२ खोप केन्द्रबाट खोप प्रदान गरिएको थियो ।
मन्त्रालयले यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्दैछ । खोप अभियान सञ्चालनका लागि भारतबाट १० लाख मात्रा खोप नेपाल आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

सङ्खुवासभा। कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ। सोमबार

अनधिकृत संरचना भत्काउन ललितपुर महानगरले लगनखेलमा चलायो डोजर

पाटन । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा

पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी

गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी)