आफैंले निकम्मा भनेको संसदमा उनी कुन मुख लिएर विश्वासको मत लिन जालान् ?



नारायण गाउँले ।

बा अलि लिच्चड़ नै रहेछन् ! प्रष्ट रूपमा आफ्नो एजेन्डा फेल भएपछि एक पित्को राजनैतिक इमान् हुनेले स्वत: राजीनामा दिनुपर्ने हो ।
उनले बुझेको संविधान र चालेको कदम स्पष्ट रूपमा गलत थियो भन्ने सिद्ध भएपछि एकदिन पनि पदमा बसिरहनु बेइमानी हो ।
आफैले निकम्मा भनेको र हत्या गरेको संसदमा उनी कुन मुख लिएर विश्वासको मत लिन जालान् ?

उसो त कोरोना महामारीको बीचमा पार्टी फोड्ने अध्यादेश र असफल अपहरण काण्डपछि अलिकति लाज हुनेले राजीनामा दिइसक्थ्यो ।
संसद विघटनको निर्णय एउटा असफल राजनैतिक दाउको रूपमा क्षम्य पनि हुनसक्ला तर विघटनचाहिँ अन्तर्राष्ट्रिय प्रचलन अनुसार गर्ने तर त्यही प्रचलन अनुसार राजीनामाचाहिँ नदिने र चुनाब घोषणा गरेपछि भटाभट नियुक्ति बाँड्ने उनको खेल कपटपूर्ण थियो । उनले राष्ट्रपतिदेखि अख्तियारसम्मका संस्थालाई विवादित बनाए । प्रधानमन्त्री नै ट्रकमा मान्छे जम्मा गर्दै कुनै हालतमा संसद ब्युँतन्न भन्ने भाषण गर्दै हिँड्नु आफैमा अमर्यादित थियो ।

उनी पार्टीभित्र समेत अल्पमतमा छन् भन्ने स्पष्ट नै छ । कुर्सी जोगाउन उनैले भने अनुसार अब सांसद किनबेच गर्नुपर्ने हुन्छ। आफैले असहयोगी भनेको र निलेको संसदका केही सदस्यलाई राज्यकोष खर्च गरेर किन्ने खेलमा लाग्नु त हदैसम्मको लिच्चड़पन हो !
पशुपतिनाथले सद्बुद्धि देऊन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मलई हराउने

पेट्रोलको यथावत, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम

सिन्धुपाल्चोकमा भूकम्पबाट ६ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति

काठमाडौँ । सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्प धेरै जिल्लामा

हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ

गोरखा। बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ