काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले दूरगामी महत्व राख्ने बताएका छन् । संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रतिक्रिया दिँदै मिश्रले लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘जे हुनु पथ्र्यो, त्यो भयो । सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ । लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ । तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्।’

प्रतिक्रिया