संसद विघटनसम्बन्धी मुद्दाको हुन्छ त आज फैसला ?



काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइको सबै प्रक्रिया सम्पन्न गरेको सर्वोच्च अदालतले आज ‘हेर्दाहेर्दै’मा पेसी तोकेको छ । सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको सर्वोच्चले आजका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो ।

गत शुक्रबार नै इजलासका तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारका लागि पेसी राखिने बताएका थिए । पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्रीको कदम असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए ।

पाँच सदस्यीय संवैधानिक इजलासमा सकेसम्म एउटै रायमा निर्णय सुनाउने प्रयास हुन्छ । यदि न्यायाधीशहरूबीच राय बाझिएमा बहुमत न्यायाधीशहरूको राय अनुसार निर्णय हुने गर्छ । इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुनसक्ने बताएको छ । विघटनमा सर्वोच्चले के फैसला गर्छ भन्नेमा आमचासो छ ।

एक साताभित्र फैसला आउनसक्ने बताइएको छ । प्रधानमन्त्रीको कदम सदर भए आगामी वैशाखमा निर्वाचनको बाटो खुल्छ भने निर्ण बदर भए संसद पुनःस्थापना भई संवैधानिक प्रक्रिया अनुरुप नयाँ राजनीतिक कोर्ष सुरु हुन्छ । संसद विघटनपछि सत्तारुढ नेकपामा दुई गुट बनेको छ । प्रचण्ड–नेपाल समूह संसद पुनःस्थापना हुनुपर्ने पक्षमा छ भने ओली समूह भने निर्वाचन तोकिएको मितिमै हुने बताउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

काठमाडौँ । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा

अध्यादेशका विषयवस्तु प्रधानमन्त्रीले सार्वजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका

भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका

विपदको पहिलो उद्धारकर्ता समुदायलाई बनाउने संयन्त्रमा जोड

  काठमाडौँ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने