नागरिक सेवामा सशस्त्र प्रहरीको साथ सधैं रहन्छः महानिरीक्षक खनाल



काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले हर समयमा नागरिकको सेवा, सुरक्षा र आपत्विपद्मा सशस्त्र प्रहरीको सधैँ साथ रहने बताएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा सञ्चालित गुल्मपति तथा स्टाफ तालीमको समापन समारोहमा महानिरीक्षक खनालले प्रहरी कर्मचारीले विपद्मा खेलेको भूमिका र नागरिकको सेवा, सुरक्षामा गरेको योगदानको नागरिकस्तरबाट प्रशंसा भएको बताए ।

उनले यो उचाइलाई कायम राख्न मातहतका सशस्त्र प्रहरीलाई निर्देशनसमेत दिए । व्यावसायिक दक्षता अभिवृद्धिमा विशेष भूमिका खेल्ने यस्ता व्यावसायिक तालीमले अधिकृतको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्न स्मरण गर्दै महानिरीक्षक खनालले तालीमबाट प्राप्त ज्ञान, कला, कौशललाई कार्यक्षेत्रमा खटिँदा सही उपयोग गर्दै व्यावसायिक कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे ।

तालीमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रशिक्षणमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी निरीक्षक निरन थापालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । साथै उनले प्रशिक्षकलाई समेत प्रशंसापत्र प्रदान गरे । करीब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालीममा ३६ जना सशस्त्र प्रहरी निरीक्षक सहभागी भएका थिए । उक्त तालीममा युद्धकला, नेतृत्वकला, व्यवस्थापन, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकारलगायत विविध विषयमा प्रशिक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोला दर्शनका लागि श्रद्धालुको भीड

महोत्तरी । ‘सियावर रामचन्द्रकी जय हो’ एउटै वाणी, एउटै लय । मिथिला माध्यमिकी

श्रीलंकाको राजदूतमा नेपाली नियुक्त

काठमाडौं । श्रीलंकाका लागि पूर्णबहादुर नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र

मनकामनाबाट फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा

रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

मुगु ।नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ