‘निलो वर्दीले कहिल्यै पनि दिन र रात, झरि र ठन्डीको वहाना गर्न पाउँदैन’



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नयाँ भवनलाई आम नागरिकको सुरक्षाप्रतिको चाहना, स्थानीय समुदायको सदासयता तथा नागरिकप्रति नेपाल प्रहरीको संयुक्त विम्वको रुपमा स्थापित गर्न सक्नुपर्ने बताएका छन् ।

आइतबार जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय भवन र ब्यारेक भवनको उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले नयाँ कार्यालय तथा ब्यारेक भवनमा कार्यरत प्रहरी कर्मचारीलाई आम नागरिकका नैसर्गिक हक अधिकारको संरक्षण तथा सम्वद्र्धन, शान्ति सुरक्षा र न्यायका लागि अनन्तकालसम्म निष्पक्ष तवरबाट क्रियाशील रहन उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘भवनको भौतिक संरचना जमिनमाथि उभिएको देखिन्छ तर यसको वास्तविक जग र आधार नागरिकको हृदय र मस्तिष्कमा बस्ने गर्छ । प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै पनि होइनन् । यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतिक पनि हुन् ।’ कुनै न कुनै पीडाले मात्र नागरिक प्रहरी कार्यालयमा आउने हुनाले निलो वर्दीले कहिलै पनि दिन र रात, झरि र ठन्डीको वहाना गर्न पाउँदैन।’

नेपाल सरकारको नियमित बजेटबाट कूल ७ करोड ५५ लाख ३३ हजार ६ सय ५ रुपैयाँ ५५ पैसाको लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो । कूल ११ हजार १७० वर्ग फिट क्षेत्रफलमा निर्मित ३/३ तले उक्त दुवै भवन फ्रेम स्ट्रक्चरमा निर्माण गरिएको छ ।

उक्त कार्यालय भवनमा ५ वटा हिरासत कक्ष सहित २२ कोठा र ब्यारेक भवनमा ९ वटा कोठा रहेका छन् । भवन उद्घाटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला प्रहरी कार्यालय रामेछाप तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘रेडियो फ्रिक्वेन्सी बाँडफाँटमा स्पष्टता आवश्यक’

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्राकृतिक स्रोत अन्तर्गतको ‘रेडियो

सरकारले ल्याएको अध्यादेश हुबहु पारित हुँदैनः नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यथास्थितिमा

डोला दर्शनका लागि श्रद्धालुको भीड

महोत्तरी । ‘सियावर रामचन्द्रकी जय हो’ एउटै वाणी, एउटै लय । मिथिला माध्यमिकी

पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्छः सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने