काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । आइतबार नेपाल वायुसेवा निगमको जहाजबाट भट्टराई भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
उनको पेटमा समस्या देखिएपछि उनी उपचारका लागि भारत गएका हुन् यसअघि काठमाडौंको निदान अस्पतालमा भट्टराईले उपचार गराएका थिए । भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकहरूको छ । चिकित्सकहरूकै सल्लाहमा स्वास्थ्य उपचारका लागि भट्टराई भारत गएका हुन् ।
उनको दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उपचार हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा भट्टराईको बसोबास त्यहाँ रहेको नेपाली दूतावासमा हुने भट्टराईको सचिवालयले जानकारी दिएको छ । भट्टराईसँगै उनकी पत्नी हिसिया यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली गएका छन् ।

प्रतिक्रिया