त्रिवि सेवा आयोगद्वारा प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक गरी करिव ६ सयको माग
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लाग दरखास्त आह्वान गरेको छ । आयोगले आइतबार गोरखापत्रमा सूचना प्रकाशित गरी झण्डै छ सय संख्यामा आवेदन मागेको छ ।
१४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग आयोगले गरेको छ । गणित, अंग्रेजी, अर्थशास्त्र, प्राणीशास्त्र, व्यवस्थापन, राजनीतिशास्त्र, क्लिनिकल माइक्रोबाइलोजी लगायतका विभिन्न विषयका प्राध्यापक माग भएको छ । चैत १४ गतेसम्म फारम भर्नुपर्ने समय तोकिएको छ ।
अनलाइन फारम भर्न तलको लिंकमा क्लिक गर्नुस्