सरकारसँग वार्ताका लागि विप्लव नेतृत्वको नेकपा सकारात्मक


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ । शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गरी आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको भन्दै वार्ताका लागि सकारात्मक भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’