प्रचण्डले अहिले झाँक्रीको सहारा लिनुभएको छ तर उहाँलाई झाँक्रीले बचाउन सक्दैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखेर आफूलाई माया लागेको बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड गलत बाटोमा हिँडेको देखेर आफूलाई माया लागेको बताए । उनले भने, ‘पहिला उहाँसँग वैद्य हुनुहुन्थ्यो, उहाँले छाड्नुभयो डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ, उहाँलाई झाँक्रीले बचाउन सक्दैन ।’

उनले विकासमा व्यवधान खडा गरेकाले प्रचण्डले अब नेपालको राजनीतिमा सफलता पाउन नसक्ने बताए । उनले भने,‘सिद्धिसकेका प्रचण्डलाई मैले फेरि एउटा जुरो हालिदिएको थिएँ, ठूलै जुरो हालिदिएको थियो । मैले अलिकति सिङ पनि हालिदिएको थिएँ । लामा सिङ भएपछि उहाँमा अहंकार बढ्यो । अब उहाँको नियति असफलताबाहेक केही होइन ।’

उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सही भएको भन्दै बचाउ गरे । उनले सर्वोच्च अदालतले कसैको दबावमा अन्यथा फैसाल गर्छ भन्ने आफूलाई नलागेको बताए । सर्वोच्च अदालतले देशभर भइरहेका सभा सम्मेलन हेरेर र निर्णय गर्ने बताए । उनले भ्रममा नपरी चुनावका तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

सभामुख अग्नी सापकोटाविरुद्ध प्रधानमन्त्रीले आक्रोश पोखे । उनले सभामुखले संविधानको रक्षा गर्नुपर्नेमा सरकारविरुद्ध गएको बताए । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा विघटनको विरोध गरेको भन्दै आक्रोश पोखे । उनले भने,‘हुनत उहाँहरु चुनाव नगराउने बाटोमा मान्छे तर अब त आउनुस् न हो यो बाटोमा । निर्वाचनमा जाऔं भन्दा किन प्रतिगमन भयो भन्दै हिँड्नु नि अब ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै

खोटाङ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७

बाटोको असुविधाले गलेखामकोट ओझेलमा

तनहुँ । गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास

जाजरकोटको धुमामा बाबुआमा पहिरोमा पुरिए, छोरीको घाइते अवस्थामा उद्दार

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा

टेकूस्थित ऋषेश्वर महादेव मन्दिर परिसरमा ऋषि पञ्चमी पूजा लगाउनेको घुइँचो(फोटोफिचर)

काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी