काठमाडौं । नेपाली कांग्रेसले सरकारको सिफारिसमा २ नम्बर प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको विरोध र भत्र्सना गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको र आज फेरि त्यही प्रवृत्ति दोहोर्याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न । अतः यसप्रति कडा विरोध जनाउंदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ ।’


प्रतिक्रिया