नेपाली सेना राष्ट्रको रक्षाका लागि सक्षम र समर्पितः प्रधानसेनापति थापा



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको सुरक्षा वातावरण अस्थिर, अनिश्चित, अस्पष्ट र तरल रहेको बताएका छन् । जंगी अड्डामा आयोजित संस्थागत परिवर्तन सुदृढीकरण र दिगोपनसम्बन्धी चारदिने सेमिनारको अन्तिम दिन बुधबार प्रधानसेनापति थापाले दक्षिण एसियाको सबैभन्दा पुरानो इतिहास बोकेको नेपाली सेना राष्ट्ररक्षाका लागि सक्षम र समर्पित रहेको पनि बताए ।

‘आजको अस्थिर, अनिश्चित, अस्पष्ट र तरल सुरक्षा वातावरणमा परिवर्तनबाहेक अरू सबै अस्थायी हो,’ थापाले भने, ‘परिवर्तनको प्रकृति अपरिवर्तनीय छ र हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्र नभई सुदृढीकरण तथा दिगोपनाको विषयमा सबैमा समान समझदारीको विकास र प्रवद्र्धन आवश्यक छ ।’ प्रधानसेनापति थापाले परिवर्तन संस्कृतिको निर्माण गर्ने सम्पूर्ण जिम्मेवारी नेतृत्वको मात्रै नभएको बताए ।

परिवर्तनको सुरुवात गर्न अहिलेको समय सबैभन्दा उपयुक्त भएको पनि उनको भनाइ थियो । कार्यक्रममा सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले सांगठनिक परिवर्तन सामूहिक प्रयास तथा जिम्मेवारीबाट मात्र सम्भव हुने र नेपाली सेना पेसेवर संगठनको रूपमा लक्ष्य प्राप्त गर्न निरन्तर लागिपर्ने बताए ।

सेमिनारमा रक्षा मन्त्रालय तथा अन्य सुरक्षा निकायका उच्च तहका अधिकृतहरू र नेपाली सेनाका अधिकृत सहभागी थिए । सेमिनारमा ६ जना गैरसैनिक तथा ११ जना सैनिक विषयविज्ञले विभिन्न विषयमा प्रस्तुतीकरण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
७१ वर्षमा कतिले चढे सगरमाथा ?

सिबी अधिकारी, काठमाडौँ । सन् २०१९ को वसन्तयामको सगरमाथा आरोहणका क्रममा आरोहीको ट्राफिक

भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी

कञ्चनपुर । कञ्चनपुरमा बाँसको प्रयोग गरी भूक्षय नियन्त्रण गर्न निर्माण गरिँदै आएको जैविक

सगरमाथा दिवसमा प्रभातफेरी आयोजना

काठमाडौँ । आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

नवलपुर (नवलपरासी) । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको