टुँडिखेलमा प्रचण्ड-नेपाल समूहद्वारा मानव साङ्लो
काठमाडौं । प्रतिनिधिसभा विघटन, महंगी र भ्रष्टारको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ । चौथो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत प्रचण्ड–नेपाल समूहले बिहीबार टुँडिखेललाई मानव साङ्लोले घेरेर बिरोध गरेको हो ।
कार्यक्रममा प्रतिनिधिसभाको असंवैधानिक कदम खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, बलात्कारीलाई कारबाही गर, प्रतिगमन मुर्दावाद लगायतका विभिन्न प्लेकार्ड तथा ब्यानरहरु प्रदर्शन गरिएको थियो भने नेता कार्यकर्ताहरुले पार्टीको झण्डा र सुर्य चिन्ह पनि बोकेका थिए ।