पूर्वराजा शाहको प्रश्न:राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौं ?



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले मुलुक दिनप्रतिदिन जटिलतातर्फ फस्दै गएको बताएका छन् ।

प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले प्रजातन्त्र आएको सत्तरी वर्षपछि पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त र ग्रस्त भएको बताएका हुन् ।
शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणाली मात्रै नभई सामाजिक जीवपद्धति समेत भएको बताएका छन् ।

प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था भएको भन्दै शाहले विश्वमान्य प्रजातन्त्रको मान्यता अनुरुप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने आकांक्ष सवैको रहेको बताएका छन् ।

उनले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको समेत शुभकामना सन्देशमा स्मरण गराएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस र एमालेद्वारा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कांग्रेस र एमालेले चार सदस्यीय कार्यदल

रोम विधान अनुमोदनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । रोम विधान अनुमोदनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ

हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउने छौंः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका