थप ९६ जनालाई कोरोना संक्रमण, १११ संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९६ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३१६६ पुगेको छ ।
त्यस्तै बिहीबार थप १११ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९५०५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०५८ पुगेको छ । क्वारेन्टाइनमा ७१ जना छन् भने आइसोलेसनमा १६०३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।