भागरथी हत्या प्रकरणः अभियुक्त पक्राउ गरेको भन्दै स्थानीयद्वारा सम्मानसहित प्रहरीको विदाइ



बैतडी । भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनको कठघरामा उभ्याएको भन्दै दोगडाकेदार गाउँपालिकाका स्थानीयले प्रहरीलाई सम्मानसहित विदा गरेका छन् ।

घटनाको अनुसन्धानका लागि खोचलेक प्रहरी चौकीमा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुसहितका प्रहरीको स्थानीय फूलमाला सहित विदाइ गरेका हुन् ।

उनीहरुले जघन्य अपराधको घटनाका दोषीको पहिचान गरि कारवाहीको दायरामा ल्याएकोमा प्रहरी अधिकृतहरुलाई धन्यवाद समेत दिएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको भोलिपल्ट हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । हत्या अभियोगमा प्रहरीले सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई मंगलबार पक्राउ गरेको थियो ।
फोटोः गोकर्ण दयालको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका