बैतडीमा कांग्रेसको सभामा ओली समूहको आक्रमण


बैतडी । बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेकपाको केपी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन् ।

ओली समूहका कार्यकर्ताले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउद घाइते भएका डिलासैनी गाउँपालिका कार्यसमिति सचिव वीरबहादुर बिष्टले जानकारी दिए ।

उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतको सहभागिताा रहेको थियो। आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परी ६ जना घाइते भएका छन् । अहिले घटनास्थल तनावग्रस्त बनेको छ । झडपपछि घटनास्थलमा प्रहरीको टोली पुगेको छ। । प्रहरी टोलीले झडप रोक्ने प्रयास गरिरहेको बताइएको छ ।