‘कोभिशिल्ड’ को प्रभावकारिता ७८ प्रतिशत



काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रियामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरे ।

उनले खोपले अहिलेसम्म ठूलै नकारात्मक असर नगरेकाले खोप निर्धक्क भएर लगाउनुपर्नेमा जोड दिँदै खोप लगाउँदा सामान्य असर देखिएपनि त्यो असर विस्तारै आफँै हराएर जाने बताए ।

उनले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन थालिएको भन्दै पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिमा खोप लगाउँदा ८३ प्रतिशतलाई समेट्न सकिएको जानकारी दिए । सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा कोभिशिल्ड खोप यहि माघ १४ गतेदेखि लगाउन थालेको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले खोप लगाएकामध्ये कोही पनि सिकिस्त विरामी हुनु नपरेकाले खोप लगाउन अनुरोध गरे । उनले खोपबारे भ्रम फैलाइरहेकाले त्यो भ्रमलाई पत्रकारले चिर्न आवश्यक रहेको समेत बताए । उनले पहिलो पटक खोप लगाउँदा यसले शरीरलाई चिनेर काम गर्न थाल्ने र दोस्रो पटक लगाउँदा रोग प्रतिरोधात्मक क्षमता बनाउने बताए ।

“खोप लगाउँदा फेरि सङ्क्रमण भएपनि मृत्यु नहुने र जटिल अवस्थामा पुर्याउदैन”उनले भने, “दोस्रो पटक चार÷पाँच हप्तामा खोप लगाउँदा रोगसंग लड्ने क्षमता बढाउँछ ।” अस्पतालका प्रवक्ता डा बाँस्तोलाले खोप लगाएपनि स्वास्थ्यका मापदण्ड मास्क, सामाजिक दूरी कायम राख्नुपर्ने र सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न सुझाव दिए ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले कोभिड–१९ विरुद्ध बनेका भारत, रसियालगायत देशबाट खोप दर्ता गर्नका लागि निवेदन आएको भन्दै ती खोपको गुणस्तर र प्रभावकारिता हेरेर मात्र अनुमति दिने बताए ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोभिड–१९ ले नेपालमा महामारीको बेला कसरी काम गर्न सकिन्छ भनेर पाठ सिकाएको भन्दै स्वास्थ्यकर्मी राम्रोसंग काम गर्दा कोभिड–१९ बाट धेरै क्षति व्यहोर्नु नपरेको बताए ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा प्रभावकारी काम गरेको उल्लेख गरे । उनले अन्य देशको तुलनामा सरकारले कोभिड–१९ लाई नियन्त्रण गरेको दावी गरे । उनले नेपालमा शुरुमा सङ्क्रमण हुँदा एउटामात्र परीक्षण गर्ने प्रयोगशाला भएकोमा अहिले ८३ वटा प्रयोगशाला भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

सङ्खुवासभा। कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ। सोमबार

अनधिकृत संरचना भत्काउन ललितपुर महानगरले लगनखेलमा चलायो डोजर

पाटन । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा

पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी

गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी)