विराटनगर । प्रदेश एक सरकारको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेकपाको प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसले बहिष्कार गरेका छन् ।
सरकार गठन भएको आज फागुन ३ गते तीन वर्ष पुगेको उपलक्ष्यमा प्रदेश सरकारले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा उनीहरू सहभागी नभएका हुन् ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल समूहका प्रदेश सभा सदस्यले अविश्वाशको प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति तथा संसदीय दलका नेता राजीव कोइरालाले पनि आफ्नो पार्टीको आजै तय भएको ठूलो कार्यक्रम छाडेर त्यस्ता कार्यक्रममा सहभागी हुन नसक्ने बताए ।

प्रतिक्रिया