केरुङ नाका सहज बनाउन तत्कालै पहल गर्न सरकारसँग कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले केरुङ नाकामा आयात—निर्यात सहज तुल्याउन सरकारलाई आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गरी दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद भएको भन्दै नाकामा आयात निर्यात सहज तुल्याउन आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ । यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ । अतः चीनिया पक्षसँग यथासिघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उच्चस्तरीय छानबिन समितिप्रति रास्वपा र राप्रपाले अस्वीकार गरिरहँदा माओवादीले किन गर्यो स्वागत ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसासम्वन्धमा सरकारले सोमवार गठन गरेको

धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र, यात्रुलाई सास्ती उस्तै

  काभ्रे । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र अवस्थामा

कोरिया र जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने सरकारको तयारी

काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षा र सुविधाको लागि

कोरोना भाइरस संक्रमित एक महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु

विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । उपचारका