कटौती भएका चाडपर्वका बिदा पुनः दिइने



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताएका छन् ।

सोनाम ल्होसार २८५७ को अवसरमा शुक्रबार काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा गृहमन्त्री थापाले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने थियो त्यो पाउन नसकेको बताउँदै परम्परा, भाषा र धर्म संरक्षणका निम्ति अधिकार प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गरे ।

नेपाललाई धर्मनिरपेक्ष राज्य निर्माण गर्न सफल भएकोमा उनले खुशी व्यक्त गरे । उनले संस्कृति र परम्पराको संरक्षणका निम्ति र आदिवासी जनजातिले पाउने अधिकार स्थापित गर्न अझै प्रयास जरुरी रहेको बताए ।

यसका साथै जातीय समुदायको आर्थिक अवस्था सुधार गर्नसमेत जरुरी रहेको औँल्याउँदै उनले राज्यले सबै भाषाभाषी, जातजातिको समृद्धिका निम्ति समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य लिएको जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटन जोडियो सडक सञ्जालमा

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ ।

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका-३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको