तामाङ र शेर्पा समुदायले ल्होसार मनाउँदै



काठमाडौं । आज तामाङ समुदाय र हिमाली आदिवासी समुदायले सोनामा ल्होसार र ग्याल्बो ल्होसार पर्व मनाउँदैछन् । तमाङ समुदायले मञ्जुश्री संबत् २८५७ सोनाम ल्होसार तथा हिमाली आदिवासी शेर्पा समुदायले २१४८ ग्लाल्बो ल्होसार मनाइ रहेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक मानिन्छ । दुबै ल्होसारको पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतले शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा देश विदेशमा रहेका सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरिएको छ ।

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा हो भन्दै राष्ट्रपति भण्डारीले विविधतामा एकतामाथि गर्वगर्ने आधार हामीलाई यी चाडवर्पले दिएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकाशमानलाई सांसद ज्वालाको आग्रहः गणेशमानको बदनाम गनुभो, माफी माग्नुस्

काठमाडौँ । नेकपा एकीकृत सामाजवादीका सांसद प्रकाश ज्वालाले उपप्रधान तथा सहरी विकास मन्त्री

मन्त्री र शीर्षस्त नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरियोः सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजेट सन्तुलिन नभएको बताएका छन् ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, दुई खर्ब १७ अर्बको लक्ष्यमा ९९ अर्ब मात्र उठ्यो

काठमाडौँ । चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर

फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने