आइओईको प्रवेश परीक्षामा ६ हजार ७२५ विद्यार्थी उत्तीर्ण(नतिजासहित)



काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले संचालन गरेको प्रवेश परीक्षाको नजिता सार्वजनिक भएको छ । परीक्षामा ६ हजार ७२५ विद्यार्थी उत्तीर्ण भएका छन् । प्रवेश परीक्षा कम्प्युटर प्रविधिबाट १४ दिनसम्म चलेको थियो ।

सोलुखुम्बुका सुमन तामाङ सर्वाेत्कृष्ट नतिजा सहित एक नम्बरमा नाम निकाल्न सफल भएका छन् । परीक्षाका लागि १२ हजार ६ सय ९९ विद्यार्थीले फाराम भरेकोमा १२ हजार ४ सय विद्यार्थी उपस्थित भएका थिए । माघ १४ गतेदेखि सुरु भएको आइओईको प्रवेश परीक्षा दैनिकरुपमा बिहान र दिउँसो गरी दुई सिफ्टमा चलेको थियो । उत्तीर्ण भएका विद्यार्थीका लागि भर्नाका लागि फागुन ५ गतेपछि सूचना जारी गरिनेछ । आइओईका आंगिक र सम्बन्धन प्राप्त कलेजहरूमा इन्जिनियरिङ पढ्न आइओईको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ ।

आइओईको आंगीक र सम्बन्धन प्राप्त कलेज गरी १५ कलेजमा ४ हजार २४८ सिट छन् । उत्तीर्ण भएका विद्यार्थीले कलेज र विषय छनोटका लागि पुनः फारम भर्नुपर्छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जीप दुर्घटनामा परी दार्चुलामा ५ जनाको मृत्यु

धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर

नेपालमा खाद्य असुरक्षा बढ्दै

नारायण ढुंगाना, काठमाडौँ । तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन

अर्थ मन्त्रालयबाट एलपी ग्यास विस्थापन अभियान सुरु

काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने

जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मध्यपुरथिमि

रमेश गिरी, भक्तपुर । मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त