आइओईको प्रवेश परीक्षामा ६ हजार ७२५ विद्यार्थी उत्तीर्ण(नतिजासहित)



काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले संचालन गरेको प्रवेश परीक्षाको नजिता सार्वजनिक भएको छ । परीक्षामा ६ हजार ७२५ विद्यार्थी उत्तीर्ण भएका छन् । प्रवेश परीक्षा कम्प्युटर प्रविधिबाट १४ दिनसम्म चलेको थियो ।

सोलुखुम्बुका सुमन तामाङ सर्वाेत्कृष्ट नतिजा सहित एक नम्बरमा नाम निकाल्न सफल भएका छन् । परीक्षाका लागि १२ हजार ६ सय ९९ विद्यार्थीले फाराम भरेकोमा १२ हजार ४ सय विद्यार्थी उपस्थित भएका थिए । माघ १४ गतेदेखि सुरु भएको आइओईको प्रवेश परीक्षा दैनिकरुपमा बिहान र दिउँसो गरी दुई सिफ्टमा चलेको थियो । उत्तीर्ण भएका विद्यार्थीका लागि भर्नाका लागि फागुन ५ गतेपछि सूचना जारी गरिनेछ । आइओईका आंगिक र सम्बन्धन प्राप्त कलेजहरूमा इन्जिनियरिङ पढ्न आइओईको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ ।

आइओईको आंगीक र सम्बन्धन प्राप्त कलेज गरी १५ कलेजमा ४ हजार २४८ सिट छन् । उत्तीर्ण भएका विद्यार्थीले कलेज र विषय छनोटका लागि पुनः फारम भर्नुपर्छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

फुङ्लिङ (ताप्लेजुङ) । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै

जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परी सिरहामा बालिकाको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा

आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ

काठमाडौँ । काठमाडौंको तिनकुने क्षेत्रमा चैत्र १५ गतेको आगजनी, तोडफोडमा संलग्न रहेको आरोपमा

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको