झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र घातक : रवीन्द्र मिश्र


काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रामकुमारी झाँक्रीलाई बिनासर्त रिहा गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत मिश्रले रसातलको राजनीति सफा नगरेसम्म घटना बदलिने तर प्रवृत्ति नबदलिने बताएका छन् ।

उनले झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक हुने उल्लेख गर्दै उनलाई कानुन लाग्छ कि लाग्दैन ? भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ’जब देशको नेतृत्व गर्नेहरूले राजनीतिको समग्र स्तरलाई रसातलमा पु¥याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ, न कर्ममा कानुन हुन्छ। रसातलको राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ, प्रवृत्ति बदलिँदैन। झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक छन्। उनलाई कानुन लाग्छ कि लाग्दैन?’