सीमा सुरक्षाका लागि डेडिकेटेड फोर्सको रुपमा सशस्त्र प्रहरी परिचालन गरिने



काठमाडौं । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु’ विषयक दुई दिने सेमीनार सम्पन्न भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २५ गते नेपाली सेनाको मुख्यालय भद्रकाली काठमाडौंमा उद्घाटन गरेको सेमिनार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा सोमबार आयोजित एक समारोहवीच माननीय गृहमन्त्री रामबहादुर थापाले समापन गरेका हुन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सीमा सुरक्षा तथा व्यवस्थापन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्दै सशस्त्र प्रहरी बल, नेपाललाई नेपाल सरकारले सीमा सुरक्षार्थ डेडिकेटेड फोर्सको रुपमा परिचालन गर्दै सीमा सुरक्षा बलियो बनाइने उल्लेख गरे ।

उनले सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टको संख्या २०५ बाट बढाउँदै पाँच सय वटा पुर्याउने सरकारको कार्यनीति रहेको उल्लेख गर्दै सीमा सुरक्षा सरकार र गृहमन्त्रालयको मात्र नभई सबैको साझा दायित्व भएकोले आपसी समन्वय तथा सहकार्यमा समान दृष्टिकोण र औपचारिक संयन्त्रबाट प्रभावकारी रुपमा सीमा सुरक्षा र व्यवस्थापन गर्न सकिने यसका लागि सशस्त्र प्रहरी बल, नेपाललाई सम्बद्ध सबै निकायले आवश्यक समन्वय र सहयोग गर्न मार्गनिर्देश गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपालले शान्ति सुरक्षा तथा सीमा सुरक्षाको उत्तरदायित्व वहन गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै सशस्त्र प्रहरी बल, नेपाललाई प्राप्त सहयोग र समन्वयका लागि गृह मन्त्रालय,
नेपाली सेना, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग लगायत अन्य सम्बद्ध निकायहरुप्रति हार्दिक आभार प्रकट गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालबाट भए गरेका उपलब्धीहरुको चर्चा गर्नुका साथै कोभिड–१९ महामारीमा १२१३ स्थानमा बिओपी तथा एफओबीको माध्यमबाट अहोरात्र सीमा क्षेत्रमा खटिई आवत जावत नियन्त्रण गर्ने कार्य उत्कृष्ट रुपमा सम्पादन गरेको उल्लेख गर्दै चुस्त सीमा सुरक्षा तथा व्यवस्थापनका लागि सीमा स्तम्भ सुरक्षा, खोजी, पहिचान र डिजिटल अभिलेखीकरण तथा संरक्षण कार्यबारेको प्रतिवेदनहरु सम्बन्धित निकायमा समयमै प्रेषित भईरहेको र विगत तीन वर्षदेखि सीमा अतिक्रमण र सीमा मिचिने कार्य नभएको जानकारी गराएका थिए ।

खनालले संगठनको लक्ष्य अनुसार हालसम्म २०५ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेको र नेपाल सरकारले सशस्त्र प्रहरी ऐन २०५८ को दफा ६ मा व्यवस्था गरेअनुसार नेपालको सीमा सुरक्षा गर्ने जिम्मेवारीलाई पूरा गर्न ओलाङचुङ्गोलादेखि छाङरुसम्म र नवलपरासी सुस्तादेखि कञ्चनपुर ब्रम्हदेवसम्म अहोरात्र खटिई देशको सुरक्षा र राष्ट्रियताको जगेर्नामा उल्लेखनीय योगदान पु्रयाईरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

परराष्ट्रमन्त्री र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसँग भेट

भैरहवा । परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले भारतको उडिसास्थित केआईआईटी कलेजमा