भागरथीका हत्यारा छिट्टै पक्राउ पर्छन्ः गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न छिट्टै पक्राउ पर्ने बताएका छन् । मंगलबार बिहान नेविसंघको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा जस्तो भागरथीको घटनामा दोषी पत्ता लगाउन जटिल नहुने बताएका हुन् ।

नेविसंघ अध्यक्ष राजीव ढुंगाना नेतृत्वको टोलीले मंगलबार बिहान मन्त्री निवास पुल्चोक पुगेर गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षण पत्रमा भट्टको हत्या घटनामा संलग्नलाई तत्काल गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

गृहमन्त्री थापाले सरकारको ध्यानाकर्षणका लागि धन्यवाद दिँदै सरकारले युवा, विद्यार्थी, नागरिक समाज सबैको सहयोगको अपेक्षा गरेको समेत बताएका थिए । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भट्टको गत बिहीबार लबलेक जंगलमा शव फेला गरेको थियो । भागरथी दोगडाकेदार ३ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । दोषी पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तले बताएका छन् । सोमबार भागरथीको भजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधि, विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र, यात्रुलाई सास्ती उस्तै

  काभ्रे । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र अवस्थामा

कोरिया र जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने सरकारको तयारी

काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षा र सुविधाको लागि

कोरोना भाइरस संक्रमित एक महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु

विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । उपचारका

स्वर्णिम वाग्लेको प्रश्नः बैरागी स्वयं शंकको घेरामा हुनुहुन्छ, शंकाको घेरामा रहेको व्यक्तिले कसको छानबिन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे सरकारले