थप १३० जनामा कोरोना संक्रमण, १९४ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७२०५५ पुगेको छ ।
त्यस्तै सोमबार थप १९४ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६८२६६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०४५ पुगेको छ । क्वारेन्टाइनमा ९२ जना छन् भने आइसोलेसनमा १७४४ जना सक्रिय संक्रमित रहेका छन् ।