सोमबारदेखि सञ्चारकर्मीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने
काठमाडौँ । सरकारले सोमबारदेखि सञ्चारकर्मीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य मन्त्रालयक अनुसार
अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई सोमबारदेखि खोप लगाउने व्यवस्था गरेको जानकारी दिएको छ ।
काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ । मन्त्रालयका अनुसार भोलिदेखि ५ दिनका लागि अग्रपंक्तिमा रहेर काम गर्ने सञ्चारकर्मीका लागि खोप अभियान सुरु गर्न निर्णय भएको हो ।