थप ११९ जनामा कोरोना संक्रमण, २६० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७१९२५ पुगेको छ ।
आइतबार थप २६० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६८०७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०३८ पुगेको छ । क्वारेन्टाइनमा ९२ जना छन् भने आइसोलेसनमा १८१५ सक्रिय संक्रमित रहेका छन् ।