वैज्ञानिक भाडादर कायम गर्न माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित


काठमाडौं । वैज्ञानिक भाडादर कायम गर्न माग गर्दै काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन् । शनिबार उनीहरु ट्याक्सी र्यालीसहित आन्दोलनमा उत्रिएका हुन् ।

राष्ट्रिय पूँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरि व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।