जनकपुरधाम । आमहड्तालका क्रममा जनकपुरमा नेकपाको प्रचण्ड नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपमा प्रहरीको लाठी प्रहारबाट नेकपाका नेता रामचन्द्र झा, मातृका यादवलगायत नेता कार्यकर्ता घाइते भएका छन् ।
नेता झाको टाउकोमा चोट लागेको छ । यस्तै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । त्यसक्रममा प्रहरी गोलीसमेत चलाएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया