काठमाडौं । गृह मन्त्रालयले बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नेकपाको प्रचण्ड नेपाल समूहले बिहीबार आम हड्तालको घोषणा गरेपछि गृह मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गरी दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने जानकारी गराएको हो ।
आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधमा संलग्नमाथि कारबाही गर्ने गृहले चेतावनी दिएको छ ।


प्रतिक्रिया