आयोगद्वारा निर्वाचनका लागि सरकारसँग सात अर्ब बजेट माग
काठमाडौं । आगामी वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनको सञ्चालन र व्यवस्थापनका लागि उक्त रकम आवश्यक परेको भन्दै आयोगले अर्थ मन्त्रालयमा पत्र पठाएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वचानका समयमा कोभिड १९ सँग सम्बन्धित सुरक्षा सतर्कताका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँसमेत प्रस्ताव गरिएको जानकारी दिए।