प्रचण्ड-नेपाल समूहद्वारा बिहीबार देशव्यापी आमहड्ताल घोषणा
काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्ति गरिएको भन्दै त्यसको बिरोधमा बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको छ ।
बुधबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी प्रचण्ड नेपाल समूहले देशव्यापी आमहड्ताल घोषणा गरेको छ । पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले सरकारले बलमिच्याइँरुपमा संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरी निरंकुतालाई बढावा दिने काम गरेकाले आन्दोलन गर्नुपरेको बताइन् ।
उनले प्रधानमन्त्रीबाट लोकतन्त्रको धज्जी उडाउने काम गरी असंवैधानिक कदम चालेकाले यसकाविरुद्ध उत्रिनु बाध्यता भएको बताइन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले आमहड्ताललाई सहयोग गर्न सबैलाई अपील गरेका छन् ।