अखिलका केन्द्रीय सदस्यमाथि भएको कुटपिटको प्रचण्ड-नेपाल समूहद्वारा निन्दा



काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहको केन्द्रीय संघर्ष समितिले संसद् विघटनको विरोध प्रदर्शनमा सहभागी अनेरास्ववियूका केन्द्रीय सदस्यमाथि प्रहरीले कुटपिट गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।

संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले सोमबार प्रेस नोट जारी गरी अनेरास्ववियूका केन्द्रीय सदस्य प्रशुन कार्कीलाई नयाँ बानेश्वरको शान्तिपूर्ण प्रदर्शनपछि घर फर्कने क्रममा गिरफ्तार गरी भ्यानमा राखेर प्रहरीले कुटेर घाइते बनाएको भन्दै कारबाहीको माग गरेका छन् ।

प्रेस नोटमा भनिएको छ, ‘बानेश्वरमा भएको शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएर फर्कने क्रममा अनेरास्ववियू केन्द्रीय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा रखेपछि प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रीय संघर्ष समिति घोर निन्दा गर्दछ । प्रहरीको कुटाइबाट प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कारबाही गर्न माग गर्दछाँै ।’

आन्दोलनकरीहरुमाथि कारबाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्ष समितिले ‘नोटिस’मा राख्ने चेतावनीसमेत उनले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

३९ लाख ५० हजार रुपैयाँ बिगो भएका बैंकिङ कसुरका तीन प्रतिवादी पक्राउ

काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन

सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

टुँडिखेलमा भूमे नाच(फोटोफिचर)

काठमाडौँ टुँडिखेलमा आइतबार भूमे पर्व संरक्षण नेपालले आयोजना गरेको भूमे पर्व कार्यक्रममा भूमे