कक्षा १२ को नतिजा आज सार्वजनिक हुने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्जजनिक गर्ने भएको छ । त्यसका लागि आज बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने जानकारी दिएका छन्  ।

बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको छ । परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए ।

बोर्डले गत पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । तर, परीक्षा भद्रगोल भएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । होम सेन्टरमा परीक्षा चलेको र उत्तरपुस्तिकासमेत विद्यालयमै परीक्षण भएर बोर्डमा आएका थिए । ती व्यवस्थित नहुँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक हुन सकेको थिएन ।

देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कोभिड– १९ का कारण यस वर्षको परीक्षामा पूर्णांक र समय घटाएर राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गरेको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट परीक्षा सञ्चालन गर्ने गरी मिति तय गरेका थिए । पछि कोभिड– १९ का कारण स्थगित गरिएको परीक्षा ९ मंसिरदेखि सञ्चालन गरिएको थियो । कोभिड संक्रमणको जोखिम हुने भएकाले भौतिक दूरी कायम गर्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकास खर्च गर्न सरकार असफल, ११ महिनामा ४० प्रतिशत मात्र खर्च

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

३९ लाख ५० हजार रुपैयाँ बिगो भएका बैंकिङ कसुरका तीन प्रतिवादी पक्राउ

काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन

सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)