थप १०५ जनामा कोरोना संक्रमण, २८८ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको सख्या २७०९५९ पुगेको छ ।
त्यस्तै आइतबार थप २८८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६६३३६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२९ पुगेको छ । क्वारेन्टाइनमा १०२ जना रहेका छन् भने आइसोलेसनमा २५९४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।