चार दिनमा ६४ हजारले लगाए कोभिडविरुद्धको खोप
काठमाडौं । शनिबारसम्म देशभर ६४ हजार भन्दा बढीले कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको चौथो दिनसम्म ६४ हजार ४ सय २२ जनाले खोप लगाएका हुन् ।