थप १०९ जनामा कोरोना संक्रमण, ३५० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा संक्रमण पुुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७०८५४ पुगेको छ ।
शनिबार थप ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६६०४८ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२७ पुगेको छ । क्वारेन्टाइनमा १०९ जना रहेका छन् भने आइसोलेसनमा २७७९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।