केटु हिमाल आरोहीलाई पूर्वराजाले दिए बधाइ


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले केटु हिमाल आरोहण गर्ने नेपाली पर्वतारोहीलाई बधाइ दिएका छन् । शुक्रबार विज्ञप्ति जारी गरी पूर्वराजा शाहले विश्व कीर्तिमान बनाएकोमा उनीहरुलाई बधाइ दिएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘सर्वाधिक चीसो मौसममा पनि साहसका साथ गरेको त्यो त्यो आरोहणमा म हार्दिक बधाइ एवं सम्मानभाव प्रकट गर्दछु ।’