सशस्त्र प्रहरी महानिरीक्षकद्वारा बढुवा भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान



काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका अधिकृतलाई दर्जयानी चिह्न प्रदान गरेका छन् ।

गृहमन्त्रीस्तरको निर्णयले पाँच अधिकृत एसएसपीमा बढुवा भएका थिए । त्यस्तै उनले सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका १५ जना अधिकृतलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दर्ज्यानी चिह्न प्रदान गरे ।

समारोहमा खनालले पदोन्नति वृत्तिविकासको महत्वपूर्ण पाटोका रुपमा रहेको चर्चा गर्दै राज्य र सङ्गठनले तोकेको जिम्मेवारी पूरा गर्न निर्देशन दिए । बढुवा भएका अधिकृतलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले प्राप्त उत्तरदायित्व तथा जिम्मेवारी पूरा गर्न पूर्ण व्यावसायिक भई अनुशासित एवं जिम्मेवारी बोधका साथ कार्यक्षेत्रमा क्रियाशील रहन आग्रह गरे ।

उनले व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामूहिक भावनाका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा क्रियाशील हुन पनि आग्रह गरे । उनले राष्ट्रको सुरक्षा र जनताको सेवामा कटिबद्ध रहँदै मातहतका प्रहरी कर्मचारीलाई मार्गदर्शन गर्दै आमनागरिकको मन जित्नेगरी कार्यक्षेत्रमा खटिनसमेत निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे