थप २१३ जनामा कोरोना संक्रमण, २९६ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७०५८८ पुगेको छ ।
त्यस्तै बिहीबार थप २९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६५३६५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । क्वारेन्टाइनमा ११३ जना छन् भने आइसोलेसनमा ३२०३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।