देशको वर्तमान राजनीतिक अवस्था दोबाटोमा फसेको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्था दोबाटोमा फसेको बताएका छन् ।

आदिवासी जनजाति महासंघको आयोजनामा बुुधबार राष्ट्रिय सभागृहमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको वर्तमान राजनीतिक अवस्था दोबाटोमा फसेको बताएका हुन्। ‘आज देखापरेको यो दोबाटो भनेको जनताको अभिमतलाई मान्ने कि नमान्ने भन्ने नै हो।’ उनले भने, ‘संसद विघटनलाई अदालतले पुनःस्थापना गरेन भने‘’ भन्दै एकाथरी न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेका छन्। तर, हामी कुनै प्रकारले अलमल्लिनु हुँदैन।’

यस्तै, प्रधानमन्त्री ओलीले आफू जनजाती विरोधी नभएको समेत बताए । कुनैबेला ओली जनजाती विरोधी भएको हल्ला फैलाइएको भन्दै उनले यथार्थमा आफू विरोधी नभएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले भने ‘तपाईंहरू माँझ पनि कुनैबेला ‘केपी ओली जनजाति विरोधी हो’ भनेर भनेका थिए। त्यो तपाईंहरूलाई पनि लागेको थियो होला। तर, त्यो गलत हो। नेपाल १२७ जातजातिको साझा फूलबारी हो। हाम्रो नेपाल देश यही विविध जातजातिका कारण विशिष्ट छ। सरकार यसको विरोधी छैन।’

जनजातिको उत्थानका विषयमा विभिन्न योजनाहरू सरकारले ल्याउँदै गरेको बताउँदै प्रधानमन्त्री ओली सरकारलाई काम गर्न नदिनेहरूसँग जुध्नु आजको आवश्यकता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीद्वारा दाबी पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

  काठमाडौँ ।  दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा

प्रशासनद्वारा मोरङमा सभा, सम्मेलन र भेला गर्न रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा राजनीति सभा, सम्मेलन तथा भोलामा गर्न

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गराउन माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै